शनिबार थप १६७ मा कोरोना सङ्क्रमण, एकको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप १६७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ४४७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २७ हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९६ हजार १२५ पुगेको छ…