काठमाडौ, २७ भदौ । भियतनामको राजधानी हनोईको एक आवासीय भवनमा आगलागी हुँदा दर्जनौं व्यक्तिको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् । मोटरसाइकलले खचाखच भरिएको १० तले भवनको पार्किङ फ्लोरमा स्थानीय समयअनुसार मङ्गलबार मध्यरातअघि आगलागी सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।भियतनामको सरकारी समाचार एजेन्सीका अनुसार १०० भन्दा बढी व्यक्ति भाग्न सफल भएका छन् वा उद्धारकर्ताहरूले…