बेलायतको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका ऋषि सुनक औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त भएका छन्। बेलायतका राजा चार्ल्स तृतीयले सरकार गठनका लागि आमन्त्रण गरेर सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। ऋषि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्री बनेका छन्। राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बनेका हुन्।…