चिनियाँ चेतावनीका बावजुद अमेरिकी सभामुख पेलोसी ताइवानमा, एशियामा नयाँ द्वन्द्व निम्तिने डर

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छिन् । उनी मंगलबार राति स्थानीय समय अनुसार करिब ११ बजे अमेरिकी सेनाको विमानमा ताइवान पुगेकी हुन् ।चीनले उनलाई ताइवान भ्रमण नगर्न बारम्बार चेतावनी दिदाँ दिंदै पनि उनी ताइवान पुगेकी हुन् । ताइवान पुग्नुअघि मलेसिया पुगेकि उनको ताइवान भ्रमणले मलेसियाको भ्रमण ओझेलमा परेको छ…