रूसको आक्रमणबाट भएको विनाशपछि पुनःनिर्माणका लागि यूक्रेनलाई बृहत् आर्थिक सहयोगको खाँचो रहेको जर्मन चान्सलर ओलाफ सोल्जले बुधबार बताएका छन् । उनले पुनर्निर्माण ‘पुस्तौँसम्म लाग्ने’ बताएका छन् । यूक्रेनका लागि ‘मार्शल योजना’ कस्तो रहने भन्ने कुरामा सहमति जनाउन सोल्जले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आइतबारदेखि सुरु भएको जी–७ शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरिएको बताए । दोस्रो…