एकैवर्ष ६७ राष्ट्रले स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने नयाँ कानुन ल्याए : एम्नेस्टी

विश्वमा एकै वर्ष ६७ राष्ट्रले विभिन्न स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने नयाँ कानुन ल्याएको पाइएको छ ।एम्नेस्टी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको ‘एम्नेस्टी इन्टरनेसनल प्रतिवेदन २०२१र२२ः विश्वको मानवअधिकार अवस्था’ प्रतिवेदनमा सन् २०२१ मा ती राष्ट्रले त्यस्तो कानुन ल्याएको उल्लेख गरिएको छ । ‘जतिबेला स्वतन्त्र आवाज सबैभन्दा बढी आवश्यक थियो त्यही बेला विरोधलाई दमन गर्ने पश्चगामी प्रवृत्ति हावी भयो,’…