उत्तर कोरियाले मंगलबार आफ्नो पूर्वी तटको एउटा समुद्रमा दुई ओटा क्रुज मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको योनहाप समाचार संस्थाले सेनाको स्रोतलाई उदृत गर्दै सो जानाकारी दिएको हो । उत्तर कोरियाले केही दिनयता ऋंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेको छ । उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको प्रवृतिबारे दक्षिण कोरियाले समिक्षा गरिरहेको बताइएको छ ।…