कजाकस्तानमा अस्थिरताः मूल्यविरोधी प्रदर्शन मत्थर पार्न विदेशी सेना तैनाथ

रुसी नेतृत्वको एउटा सैन्य फौज कजाकस्तान प्रवेश गरेको छ । कजाकस्तानका राष्ट्रपति कासिम जोमाट टोकायभको अनुरोधमा रुसी फौज त्यहाँ पुगेको हो ।इन्धनको मूल्यवृद्धिलाई लिएर सरकारविरोधी प्रदर्शन चर्किरहेका बेला टोकायभले रुसको सेनालाई गुहारेका थिए । प्रदर्शनकारी र सुरक्षकर्मीबीचको झडपमा कजाकस्तानमा दर्जनौं प्रदर्शनकारी मारिएका विवरण सार्वजनिक भएका छन् । प्रदर्शन नियन्त्रण गर्ने क्रममा केही सुरक्षाकर्मी पनि हताहतीमा…