प्रदर्शनकारीसामु घुँडा टेके सुडानी प्रधानमन्त्रीले, सेनासँग सम्झौता गरेको केही सातामै राजीनामा

व्यापक प्रदर्शनपछि सुडानका प्रधानमन्त्री अबदुल्ला हमदोकले पदबाट राजीनामा दिएका छन् । केही साताअघि सेनासँगको एउटा विवादास्पद सम्झौतापछि पुनः प्रधानमन्त्री भएका हमदुकले राजीनामा दिएका हुन् । अक्टोबरमा सेनाले शक्ति हातमा लिएर हमदुकलाई घरमै नजरबन्दमा राखेको थियो । तर, कु गर्ने सेनासँग शक्ति बाँडफाँडमा सम्झौता गरेपछि उनी पुनः प्रधानमन्त्री भएका थिए । प्रदर्शनकारीले सम्झौताको विरोध गर्दै नागरिक…