आप्रवासी बोकेको ट्रक मेक्सिकोमा पल्टियो, ४९ जनाको मृत्यु

दक्षिण मेक्सिकोमा आप्रवासी बोकेको एउटा ट्रक दुर्घटना हुँदा कम्तिमा ४९ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । चियापास राज्यको एउटा पुलमा ठोकिदा ट्रक दुर्घटनामा परेको हो । दुर्घटनापछि ट्रक सडकमा उत्तानो परेको थियो । दुर्घटनाका ५८ घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइते हुनेमा महिला र बालबालिका पनि छन् ।…