सुडानका अपदस्थ प्रधानमन्त्री ह्यामडकको पुनर्बहाली

एजेन्सी, ६ मंसिर । केही साताअघि त्यहाँको सेनाले सत्ताच्युत गरेका सुडानका प्रधानमन्त्री अबदल्ला ह्यामडक पुनः प्रधानमन्त्री बनेका छन् । सुडानी सेनाका प्रमुख अब्देल फताह अल बुरहान र ह्यामडकबीच राष्ट्रपति निवासमा भएको एक सम्झौतापछि सेनाले ह्यामडकलाई पुनस्र्थापित गरेको हो । एक महिना अगाडि सेनाले ह्यामडक नेतृत्वको सरकारलाई अपदस्थ गरेको थियो । अपदस्थपछि ह्यामडकलाई सेनाले घरमै नजरबन्दमा…