सिरियाको उत्तरी शहर मिनबेजमा भएको एक विस्फोटमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु भएको सिरियाली कुर्दिश अधिकारीहरुले जनाएका छन् ।यस आक्रमणमा परी मारिएका एकै परिवारमा दुई महिला एक बालक रहेका जनाइएको छ । यस आक्रमणमा परी पाँच व्यक्ति घाइते भएका छन् । घाइतेहरुमा कुर्दिश असायेस सुरक्षा बलका दुई सदस्य र तीन सर्वसाधारण रहेका जनाइएको छ…