काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डोनल्ड ट्रम्पले चीन भ्रमणका क्रममा भव्य स्वागत पाएका छन् । भ्रमणको अन्त्यतिर आईपुग्दा राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको दाबी गरेका छन्। यद्यपि चीनले यसको पुष्टि गरेको छैन। ट्रम्पको चीन भ्रमण अन्तिम दिनमा प्रवेश गर्दा दुवै पक्षले भ्रमणका क्रममा हालसम्म भएका कुराबारे भिन्दाभिन्दै भाष्य सार्वजनिक गरेका छन्।…