अमेरिकी सेनाको फिर्तापछि काबुल विमानस्थलमा विशेष सेना परिचालन

अफगानिस्तानको राजधानी काबुलमा अवस्थित हमिद कारजाई अन्तरराष्ट्रिय विमानस्थलमा तालिबानले मङ्गलबार बिहान विशेष सेना तैनाथ गरेको छ । ‘विमानस्थलमा सुरक्षा सुनिश्चित गरिएको छ,’ प्रवक्ता जबीहुल्लाह मुजाहिदले विमानस्थलमा पत्रकारलाई बताएका छन् । अगस्ट ३१ अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यएसियाली यस देशबाट अमेरिकी सेना फिर्ता गर्नको लागि तोकिएको समय सीमा हो ।“हामी विमानस्थल सुरक्षित गर्न को लागी तयार…