चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लूको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पुष्टि भएको छ। चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको बताइएको छ।अधिकारीहरूले उनलाई कसरी सङ्क्रमण सर्यो भन्ने विषयबारे विस्तृत विवरण दिएका छैनन्। तर एच १० एन ३ नाम दिइएको उक्त प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिन्छ। ती व्यक्ति…