संयुक्तराज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय संचार माध्यमहरुले बताएका छन् ।अमेरिकी जलवायु सेवाका अनुसार दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको छ । टेक्सासमा मङ्गलबार अपराह्नसम्ममा ३० लाखभन्दा बढी मानिस विद्युत सेवाबाट विमुख भएका छन् । सुगरल्यान्ड शहरमा घरभित्र बालेको आगो फैलिएर भएको आगलागीबाट मङ्गलबार बिहान एक…