संयुक्तराज्य अमेरिकामा बुधबार एकै दिन तीन हजार ९०० भन्दा बढी व्यक्तिहरुको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ ।अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला दिनहरुमा एकै दिन यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा विगत २४ घण्टाको अवधिमा तीन हजार ९२७ जनाको ज्यान गएको विश्वविद्यालयले जनाएको छ ।…