चीन र अरु मुलुकले रसियाली संयुक्त सैन्य अभ्यासमा भाग लिने

रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन् । यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार, पाकिस्तान र अरु मुलुकका सेनाले भाग लिने चिनियाँ रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । “ककेसस २०२०” नाम दिइएको यस सैन्य अभ्यासमा सैन्य सवारी साधनका साथै चीनका नयाँ सैन्य जहाज…