भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या ५० हजार नजिक पुगेको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या ४९ हजार ९८० पुगेको छ । पछिल्लो केही हप्तादेखि दैनिक एक हजारको हाराहारीमा भारतमा कोरोनाका कारण मानवीय क्षति हुँदै आएको तथ्याङ्कले देखाएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो…