प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग शनिबार टेलिफोनमा कुराकानी गरेका छन्। उनीहरूबीच भविष्यमा द्वीपक्षीय हितका विषयमा छलफललाई जारी राख्ने कुरामा सहमति भएको छ। प्रधानमन्त्री ओलीले भारतीय स्वतन्त्रता दिवसको अवसरमा मोदीलाई टेलिफोन गरी शुभकामना दिएका हुन्। उक्त अवसरमा ओली-मोदीबीच कोरोनाविरूद्ध लडाइँमा मिलेर काम गर्नेबारे पनि छलफल भएको थियो। उक्त कुराकानीबारे परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी…