३० असार भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ…