जर्मनीको क्रिसमस मार्केटमा कारले ठक्कर दिंदा पाँचको मृत्यु, दुईसय जना घाइते

एजेन्सी । जर्मनीको क्रिसमस मार्केटमा तीव्र गतिको कारले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ । दुई सय जना घाइते भएका छन्। जर्मनीको म्याग्डेबर्ग क्षेत्रमा रहेका पसलहरूबीचको साँघुरो गल्लीमा कार तीव्र गतिमा गुडिरहेको र धेरै जनालाई ठक्कर दिएको सीसीटीभीप्लसले जनाएको छ । शनिबार राति उक्त स्थानमा मृतकको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । घट्नाका…