विराटनगर । क्यानाडाको राष्ट्रिय क्रिकेट टिम एक दिवसीय मैत्रीपूर्ण खेल खेल्न नेपाल आउने निश्चित भएको छ । क्यानाडाले नेपालसँग एक दिवसीय मैत्रीपूर्ण खेल खेल्नेछ । क्यानेडेली क्रिकेट टिम जनवरी २८ मा हङ्ककङ्ग जाने र त्यहाँका खेल गतिविधि सकेपछि फेब्रुअरी पहिलो साता नेपाल आउने निश्चित भएको हो । यसअघि नेपाली टोली क्यानाडा गएर खेल खेलेको थियो…