तोलामा २ हजार ८०० रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।आइतबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।…