एसईईको नतिजा वैशाख २९ भित्रै सार्वजनिक हुने

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि अन्तिम तयारी थालेको छ। गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएसँगै कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने लक्ष्य राखेको राष्ट्रिय परीक्षा बोर्डले बताएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजालाई त्रुटीरहित…