प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको छैन, राम्रो समन्वय भइरहेको छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग राम्रो समन्वय भइरहेको बताएका छन् । उनले प्रधानमन्त्रीसँग अर्थमन्त्रीको सम्बन्ध बिग्रिएको भनेर प्रचार गरिएको भन्दै त्यसबारे आपत्ति जनाए । शुक्रबार विहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले प्रधानमन्त्री र मन्त्रीहरूसँग समन्वयमा कुनै समस्या नरहेको दाबी गरे । ‘कता–कता आइरहेको छ, कि अर्थमन्त्रीले बजेट कटौती गरे, त्यसमा प्रधानमन्त्रीको…