काठमांडौ । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमाससँगको युद्धपछि गाजामा अनिश्चितकालका लागि इजराइलको ‘समग्र सुरक्षा जिम्मेबारी’ रहने बताएका छन् । करिब २३ लाख प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा इजराइलले नियन्त्रण कायम गरिरहने योजना बनाइरहेको यो अहिलेसम्मको सबैभन्दा स्पष्ट सङ्केत हो । सोमबार राति प्रसारित एबिसी न्युजसँगको अन्तरवार्तामा उहाँले अक्टोबर ७ मा इजराइलमाथिको हमलामा हमासद्वारा बन्धक बनाइएका दुई…