काठमाडौं, १४ असोज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्न सबैले आफ्नो आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक भएको बताएका छन् । आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० को उदघा्टन समारोहमा उनले सडक व्यवस्थापन राम्रो नहुँदा सर्वसाधारणलाई सास्ती भएको बताए ।‘सडक सुरक्षा सडकको गुणस्तर, क्षमता, सवारी साधनहरुको गुणस्तरीयता,…