काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित निजी क्षेत्रसँग नेकपा एमाले विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । जरामा रोग लागेको छ भने माथि पातमा औषधी राखेर केही नहुने भन्दै ओलीले अहिलेको अवस्थामा विशेष उपचारको आवश्यकता रहेको बताए ।…