पराजित भए पनि सर्लाही–४ नछाड्ने सभापति थापाको प्रतिबद्धता

सर्लाही। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा पराजित भएपनि क्षेत्रका मतदाता र विकासका मुद्दासँग सधैँ जोडिएर रहने प्रतिबद्धता जनाएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही आएका थापा पराजित हुने संकेत पाएपछि काठमाडौं फर्किएका थिए। त्यसपछि पहिलो पटक बुधबार सर्लाही आएका थापाले सर्लाही–४ अन्तर्गत धनकौलमा आयोजित…