काठमाडौ,३२ जेठ । सरकारले वर्तमान मुख्यसचिव शंकरदाश वैरागीलाई राजीनामा दिन लगाएर राष्ट्रिय सुरक्ष परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ । नियुक्तीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज(विहीबार) वैरागीलाई सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ दिलाएका छन्। वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरिएको हो ।