काठमाडौं। नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले कृषि क्षेत्रमा लगानी वृद्धि, आधुनिक प्रविधिको प्रयोग, गुणस्तरीय बीउ-बिजन, पर्याप्त मलखाद, भरपर्दो सिँचाइ तथा कृषि उपजको सुनिश्चित बजार व्यवस्था आजको प्रमुख आवश्यकता भएको बताएका छन्। असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने पर्वका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले धान दिवस नेपाली कृषि, संस्कृति र जनजीवनसँग…