काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताएकी छिन्। प्रधानमन्त्रीले आज जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ६१ औँ सत्रलाई भिडियोमार्फत सम्बोधन गर्दै सुदृढ नीतिगत, कानूनी तथा संस्थागत संयन्त्रमार्फत मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा नेपाल निरन्तर क्रियाशील रहेको बताइन्। नेपालको संविधानले मानव अधिकार तथा मौलिक स्वतन्त्रतालाई लोकतान्त्रिक…