अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत बेँसीशहर नगरपालिका(१ उदिपुरको देउराली डाँडामा पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी कृष्ण बहादुर अधिकारीले बताए । रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर अवरुद्ध भएको हो । पहिरोले सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको…