भूमिकास्थान नगरपालिका वडा नम्बर ४ को कार्यालय उद्घाटन



अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ४ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।

भूमिकास्थान नगर प्रमुख झविलाल थापाले आइतबार एक समारोहबीच कार्यालयको उद्घाटन गरेका हुन् ।

नगरपालिकाको करिब ६५ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको भवनको उद्घाटन कार्यक्रम वडाध्यक्ष बाबुराम सुनारको अध्यक्षता र शेषकान्त घिमिरेको सञ्चालन भएको हो ।

प्रकाशित मिति : श्रावण १, २०७९ आइतबार  १ : ४९ बजे