विद्यार्थीको शुल्क फिर्ता गर्ने सहमति पछि खुल्यो मनिपाल

विद्यार्थीबाट अतिरिक्त रकम लिएपछि सुरु भएको आन्दोलन फिर्ता गर्ने सहमति पछि सकिएको छ । पोखराको मनिपाल शिक्षण कलेजले चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीबाट तोकिएको भन्दा ६ लाख रुपैयाँ बढी शुल्क लिएको उनीहरूको आरोप छ । त्यही शुल्कविरुद्ध विद्यार्थी संघ संगठनहरूले आन्दोलन गरेका थिए । निरन्तरको आन्दोलनपछि कलेज प्रशासनले शुल्क फिर्ता लिने निर्णय गरेको हो ।…