शीतललहर चलेसँगै बढेको जाडोबाट कठ्यांग्रिएका उदयपुर त्रियुगा नगरपालिका–३ मोतीगडाका विपन्न मुसहर परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । दैनिक काम गरेर दुई छाकको गर्जो टार्न नसकेका २८ परिवारलाई प्रकृतिपे्रमी समाज उदयपुर र कपडा बैंक गाईघाटको संयुक्त पहलमा कपडा उपलब्ध गराएका हुन् । बढ्दो शीतलहरका कारण मुसहरबस्तीका सर्वसाधरण कठ्यांग्रिएर काम गर्न नसकेपछि ज्याकेट, सुइटर, जुत्तालगायतका न्यानो…