जलविद्युत आयोजना परीक्षणका क्रममा बिस्फोट भएर दुई जनाको मृत्यु

८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना परीक्षणका क्रममा आइतबार ‘सुरूङको अगाडिको भाग बिस्फोट भई उछिट्टिएर लाग्दा दुई जना इन्जिनियरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।आइतबार अपराह्न भएको घटनामा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर २६ वर्षीय सुवासराज रेग्मी र कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए। घटनामा…