गलकोटमा नेतृत्व चयन गर्न माओवादी केन्द्र अनिर्णित

नेकपा माओवादी केन्द्रले यहाँको गलकोट नगरपालिकामा नेतृत्व टुङ्ग्गाउन सकेको छैन । सो पार्टीले गत मङ्सिर ११ गते गलकोटसहित देशभरका स्थानीय तहमा एकसाथ अधिवेशन सुरु गरेको थियो ।अधिवेशन चलेर बन्दसत्रमा पुगी अवरुद्ध बनेको नेतृत्व चयनको प्रक्रियामा माओवादी केन्द्र अझै अनिर्णित बनेको हो । महिना दिन बित्दासमेत न सहमतिमा नत निर्वाचनको प्रक्रियामै उक्त पार्टी जान सकेको छ ।…