आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस देशभर मनाइँदै

काठमाडौं। जातीय विभेदविरुद्ध ऐक्यबद्धता जनाउँदै आज बिहीबार देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ मनाइँदै छ। सामाजिक समानता र मानवअधिकारको प्रवर्द्धनका लागि क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको अगुवाइमा आज देशैभर अन्तर्क्रिया, र्‍याली र विभिन्न चेतनामूलक कार्यक्रमहरूको आयोजना गरिएको छ। मुलुकमा ऐतिहासिक राजनीतिक परिवर्तन भएलगत्तै वि.सं. २०६३ साल जेठ २१ गते…