सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि युरोपियन छनोटको प्लेअफको समूह विभाजन भएको छ । युइएफएले शुक्रबार गरेको समूह विभाजन अनुसार युरो विजेता इटाली र पोर्चुगल एउटै समूहमा परेका छन् । प्लेअफको समूह ‘सी’ मा यी दुई टोलीसहित नर्थ म्यासेडोनिया र टर्की छन् । यस्तोमा इटाली वा पोर्चुगलमध्ये एकले मात्र विश्वकपमा स्थान बनाउन सक्छन्…