नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । आगामी मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने भएको हो। नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै सो जानकारी गराएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौं-कोलम्बो उडान हुने जानकारी दिए । प्रवक्ता क्षेत्रीले भने,…