तनहुँको म्याग्दे गाउँपालिका–२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान हुनुहुन्छ । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उहाँ मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित हुनुहुन्छ । खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गुनासो छ । “खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण पनि गर्ने गरेको छ,…