पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा आजदेखि ‘जियोफिजिकल सर्भे’ (भूभौतिकी सर्वेक्षण) शुरुआत गरेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल नगरपालिका–७ तथा वरपरको सम्पदा क्षेत्रमा सर्भे शुरु गरेको हो । पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल सर्भे गर्न लागेका विभागका निर्देशक दामोदर गौतमले जानकारी दिनुभयो । पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा…