ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २२ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यका विभिन्न स्थानमा विभिन्न समयमा हराएका मोटरसाइकल खोजेर ल्याई आज एक कार्यक्रमको आयोजना गरी जिम्मा लगाएको हो । महाशाखाले पदम लामा, प्रदीप थापा, सोनी भट्टराई, कैलाश श्रेष्ठ, साङ्मु शेर्पा,…