वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ताको कार्यक्रम कोरोना महामारीका कारण साना–साना समूहमा गरिने भएको छ। महाअभियानका मुख्य अभियानकर्मी एवं सरकारका पूर्व मुख्यसचिव, पूर्वराजदूत लीलामणि पौड्यालले समितिको सहकार्यमा ४००औँ हप्ताको कार्यक्रम विशेष बनाउन आग्रह गरे। विषम परिस्थितिले ठूलो समूहमा सरसफाइ कार्यक्रम हुन नसके पनि वाग्मती सफाइ अभियानलाई निरन्तरता दिँदै समूह नेता बनाई परिचालन गर्ने गरी त्यसको समन्वयका…