इरानलाई ट्रम्पले दिए अर्को चेतावनी,युद्धविराम समाप्त हुनलाग्दा पनि दोस्रो चरणको शान्ति वार्ता अनिश्चित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानसँग सम्झौता नभएसम्म इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी अन्त्य नहुने बताएका छन्। अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि दोस्रो चरणको वार्ताबारे अन्योल जारी रहँदा ट्रम्पको यस्तो टिप्पणी आएको हो। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा गरेको पोस्टमा एक साताअघि सुरु भएको नाकाबन्दीले इरानलाई पूर्ण रूपमा ध्वस्त बनाइरहेको उल्लेख गरेका छन्।…