काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधिको अनाधिकृत मूल्यवृद्धिका कारण नेपाली जनताले वर्षेनी अर्बौंको भार खेप्नुपरेको भन्दै यसमा संलग्नमाथि तत्काल छानबिन र कारबाहीको माग गरेका छन् । संसद्मा बोल्दै सांसद खत्रीले औषधि व्यवस्था विभागका महानिर्देशकले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर ५२ ब्राण्डका औषधिको मूल्य बढाएको महालेखा परीक्षकको प्रतिवेदनले नै पुष्टि गरेको बताएका हुन्…