काठमाडौं। विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश दिएको छ। पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले आइतबार साक्षी बुझ्ने आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको साँगामा पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा…