काठमाडौँ, १५ माघ । सरकारले आगामी फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनवापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको रासन स्केल वृद्धि गर्नेसहित अन्य निर्णय गरेको सरकारको प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । त्यस्तै, सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान…